> राष्ट्रिय > बिपद पुर्ब तयारी तथा प्रतिकार्य योजना निर्माण सम्बन्धि कार्यशाला गोष्ठी


बिपद पुर्ब तयारी तथा प्रतिकार्य योजना निर्माण सम्बन्धि कार्यशाला गोष्ठी

मित्र थापा
गौमुखी । गौमुखी गाउँपालिकाको आयोजनामा बिपद पुर्ब तयारी तथा प्रतिकार्य योजना निर्माण सम्बन्धि कार्यशाला गोष्ठी गौमुखीमा सम्पन्न भएको छ ।

गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरीको अध्यक्षतामा,जिल्ला समन्वय समिति उपप्रमुख दुर्गा रेग्मीकाे प्रमुख आतिथ्यता, प्रमुख जिल्ला अधिकारी मदन कोइरालाकाे विशिष्ठ आतिथ्यतामा उक्त गोष्ठी सम्पन्न भएको हो ।

 

गोष्ठीमा गौमुखीमा संभावित विपद्को अवस्थाबारे छलफल भएको थियो । कार्यक्रममा प्रहरी नायब उपरीक्षक सुवास खड्का ,सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक राजु दाहाल, गाउँपालिका उपाध्यक्ष महाबिर राना, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्युठानका सभापति गुमानराज पुलामी र विभिन्न राजनैतिक दल संघ संस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थितिमा रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *