राष्ट्रिय

प्यूठान अस्पतालका कर्मचारी सम्मानित

बोम बहादुर परियार, प्यूठान १० असार । नेपाल औषधी ब्यबसायी संघको ४८ औ स्थापना दिवसका अबसरमा प्युठान शाखाले विहीवार जिल्ला अस्पतालमा भर्ना भएका बिरामीलाई फलफूल, मास्क तथा स्यानिटाइजर बितरण सहित अस्पतालका कर्मचारी हरुलाई सम्मान गरेको छ ।

कोभिड १९ को महामारीमा जिल्लामा प्रत्यक्ष जनताको स्वास्थ्यमा सुरक्षाको लागि खटिएर अग्रपंक्तिमा रहि गरेको कामको मूल्याङ्कन गर्दै सम्पुर्ण कर्मचारी हरुलाई सम्मान गरेको हो ।

कार्यक्रममा बोल्दै प्युठान अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर नबिन दर्नाल ले आफु लगायत अग्रपंक्तिमा खटिएर काम गरेका सबै स्वास्थ्यकर्मी हरुको मनोबल उच्च बनाउदै सम्मान गरेकोमा औषधी ब्यबसायी संघले उदाहरणीय कार्य गरेको बताउनु भयो ।

कोभिड १९ को महामारिमा जनताको जिवन रक्षाको लागि अग्रपंक्तिमा खटिएर काम गर्ने स्वास्थ कर्मि सुरक्षा कर्मि पत्रकार सबैलाई हौसला बढाउने खालका कार्यक्रम द्वारा सम्मान गरियो भने अरु माहामारि बिपदको समयमा उनिहरुमा थप काम गर्ने हौसला बढ्ने दर्नालले बताउनु भयो । साथै महामरिको बेलामा जिल्ला स्थित सबै निकायको साथ सहयोग र हौसलाले गर्दा आज सम्म जिल्ला आईसोलेनस केन्द्रना मा भर्ना भएका धेरै बिरामि निको भई घर फर्किएको र १ जना मात्र उपचारमा रहेको उहाको भनाई छ ।

त्यस्तै औषधी ब्यबसायी संघ प्युठानका अध्यक्ष सिबराज श्रेष्ठले महामारीको समयमा खटिएका जिल्ला स्थित सबै कर्मचारी हरुलाई धन्यवाद दिदै आगामि दिनमा उनिहरुप्रति काम गर्ने मनोबल उच्च होस भन्दै सम्मान गरेको बताउनु भयो ।

त्यसैगरी प्युठान अस्पतालका एम डि जि पि डाक्टर सुनिल सुनार, नर्सिङ अधिकृत अनुपा अधिकारि, हेल्थ असिस्टेन्ट शेर बहादुर नेपाली लगाएतले यस्ता खालका कार्यक्रमहरुले आफु मात्र नभई सबै स्वास्थ्यकर्मी कर्मचारीहरुको काम गर्ने हौसला बढाउने बताउनु भयो ।

संघका कोषाध्यक्ष खिम प्रसाद पार्धेले महामारिको समयमा गत बर्ष देखि नै पनि प्युठान जिल्लामा सबै प्रकारका औसधिहरु उपलब्ध गराएको र कमि आउन नदिएको बताउनु भयो ।

Related Articles

Back to top button