> समाज > क्वारेन्टाईन रहेकी महिलाले छोराको जन्म दिइन्


क्वारेन्टाईन रहेकी महिलाले छोराको जन्म दिइन्

प्यूठान, ९ असार । प्यूठान खलंगामा क्वारेन्टाईनमा बस्दै आउनुभएकी एक महिला सुत्केरी हुनुभएको छ । जनजागृती मा.वि. क्वारेन्टाईनमा रहनुभएकी २० वर्षिय सिता खड्काले छोराको जन्म दिनुभएको हो ।

आज विहान प्राथमिक स्वास्थ्य केन्द्र खलंगामा खड्काले छोराको जन्म दिनुभएको मल्लरानी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख पारस शाहीले जानकारी दिनुभयो । आम र शिसुको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वाव संकलनको तयारी भैरहेको उहाँले बताउनुभयो ।

असार १ गते भारतबाट आई गाउँपालिकाले बनाएको क्वारेन्टाईनमा बस्दै आउनुभएको थियो ।

यस अघि नेरा आधारभुत विद्यालय गोगनपानी फोप्ली क्वारेन्टाईनमा एक महिला सुत्केरी हुनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *