> समाज > प्यूठानमा क्वारेन्टाइनबाट फर्किएकी बालिकाको मृत्यु


प्यूठानमा क्वारेन्टाइनबाट फर्किएकी बालिकाको मृत्यु

प्यूठान, ६ असार । झिमरुक गाउँपालिकामा क्वारेन्टाइनमा बसेर घर फर्किएकी एक बालिकाको मृत्यु भएको छ ।

झिमरुक गाउँपालिका–२ स्थित सर्वोदय माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेर होम क्वारेन्टाइनमा फर्किएकी बालिकाको आज मृत्यु भएको हो ।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विकास केसीका अनुसार चार दिन अघि उनी होम क्वारेन्टाइन गएकी थिइन । भारतबाट बुवा सहित फकिएकी बालिका मुटु, मृगौला सम्वन्धी स्वास्थ्य समस्याबाट पीडित रहेको बुझिएको केसीले जानकारी दिनुभयो ।

नेपालका विभिन्न ठाउँमा उपचार नभएपछि भारतमा उपचारका लागि गएको र लकडाउनमा घर फर्किएका थिए । क्वारेन्टाइन अवधि पुरा गरेपछि आरडीटी परीक्षण गर्दा नेगेटिभ नतिजा आएपछि घर पठाइएको केसीले जानकारी दिनुभयो ।

‘बालिकामा कोरोना सम्वन्धि लक्षण थिएन,’ उहाँले भन्नुभयो,‘पीसीआर परीक्षणका लागि स्वाव संकलन गर्ने तयारी गरेका छौं ।’ घटना स्थलमा स्वास्थ्यकर्मीको टोली जान थालेको समेत केसीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!