प्यूठान, ९ असार । स्वर्गद्वारी नगरपालिकामा थप १६ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । योसँगै नगरपालिकामा संक्रमितको संख्या ३८ पुगेको छ ।
कन्ट्रयाक ट्रेसिङबाट स्वाव संकलन गरिएका ४ जनामा संक्रमणको पुष्टि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौंले र १२ जनाको संक्रमण प्रदेश जनस्वास्थ्य प्रयोगशालाले पुष्टि गरेको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ५ वटा रिपोर्ट प्राप्त भएपनि स्वर्गद्धारी नगरपालिकाकै हो भन्ने पुष्टि नभैसकेकोले संक्रमितको संख्या १६ पुष्टि भएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख दलबहादुर केसीले जानकारी दिनुभयो ।
योसँगै प्यूठानमा संक्रमितको संख्या १८५ पुगेको छ ।