प्यूठान, ८ असार । काठमाण्डौमा गरिएको परीक्षणमा २३ जनामा कोरोना संक्रमण देखिएकै दिन आज पुनःप्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा ४५ जनामा संक्रमण देखिएको छ ।
केहिवेर अघि प्रयोगशालाले जारी गरेको सूचनामा प्यूठानमा थप ४५ जनामा संक्रमण देखिएको जनाएको छ ।
स्वास्थ्य कार्यालय प्यूठानले उक्त थपिएको विवरणको रुजु गर्ने काम गरिरहेको फोकल पर्सन पुष्कल श्रेष्ठले बताउनुभयो । नयाँ कति थपिए र फलोअपका कति छन भनेर रुजु गर्न थालिएको उहाँले जानकारी दिनुभयो ।
