> समाज > प्यूठानमा सहकारी वित्तिय व्यवस्थापन सम्वन्धी तालिम


प्यूठानमा सहकारी वित्तिय व्यवस्थापन सम्वन्धी तालिम

प्यूठान, २८ पौष । बचत तथा ऋण सहकारी जिल्ला संघ प्यूठानको आयोजना प्यूठानको जुम्रिमा वित्तिय व्यवस्थापन सम्वन्धी ३ दिने तालिम सम्पन्न भएको छ ।

संस्थाको वित्तिय व्यवस्थापनलाइ सन्तुलनमा राख्ने, व्यवस्थित गर्ने तथा सञ्चालक तथा व्यवस्थापन पक्षलाई क्षमता वृद्धि गर्ने उदेश्यले जिल्लामा १६ वटा वचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधिहरुलार्ई ३ दिने वित्तिय व्यवस्थापनको तालिम दिइएको बचत तथा ऋण सहकारी जिल्ला संघ प्यूठानका अध्यक्ष भोज बहादुर बस्नेतले बताउनुभयो । तालिमबाट संस्थाको वित्तिय व्यवस्थापन गर्न सहज हुने अपेक्षा गरिएको समेत अध्यक्ष बस्नेत बताउनु भयो ।

 

सहकारीलाई वित्तिय, सागंठानिक तथा प्रशासनिक रुपमा तालिमले थप टेवा पुग्ने कार्यक्रमका प्रमुख अतिथि जिल्ला सहकारी संघ प्यूठानका अध्यक्ष विष्णु योगीले बताउनुभयो । बचत तथा ऋण सहकारीहरु अरु वित्तिय संस्था भन्दा फरक उद्देश्यका हुने भएकोले पार्दशी रुपमा नितिनियम, विनियम मार्फत अगाडि बढ्न समेत उहाँले आग्रह गर्नुभयो ।

 

३ दिनसम्म चलेकोे तालिममा वित्तिय व्यवस्था क्षेत्र, उद्देश्य, कार्य, संस्थागत पुजि वृद्धि, व्याजदर निर्धारण, सञ्चालन खर्च व्यवस्थापन, बचत निक्षेप र ऋण लगानी, रणनीतिक योजना लगायतका विषयमा सहजीकरण गरिएको हो ।

 

नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेड नेफ्स्कुनको प्राविधिक सहयोग रहेको तालिमको मुख्य प्रशिक्षकमा नेफ्स्कुनका तालिम अधिकृत उमेश कोइराला साथै नेफ्स्कुन फिल्ड कार्यालय दाङका फिल्ड अधिकृत बेद प्रसाद भट्टराईको समेत सहजीकरण रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *