> समाज > प्यूठानमा थप १९ जनामा कोरोना संक्रमण


प्यूठानमा थप १९ जनामा कोरोना संक्रमण

प्यूठान, ७ असार । प्यूठानमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षण प्यूठानका थप १९ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय प्यूठानका फोकल पर्सन पुस्कल श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार संक्रमित प्यूठान नगरपालिका वडा नं ३ का ४ जना, वडा नं ५ का ५, नौवहिनि गाउँपालिका वडा नं ७ का ३ जना, माण्डबी गाउँपालिकाका ६ जना र गौमुखी गाउँपालिका वडा नं ७ का १ जना रहेका छन् । संक्रमित मध्ये २ जना महिला र १७ जना पुरुष रहेका छन् । उनीहरुको उमेर १६ देखि ५० वर्षका रहेका छन् ।

यससँगै प्यूठानमा कोरोना संक्रमितको संख्या १०० पुगेको छ ।

यसअघि दाङको बंगलाचुली क्वारेन्टाइनमा कोरोना पोजेटिभ देखिएका माण्डबी गाउँपालिकाका २ जनाको दोस्रो रिर्पाट पनि पोजेटिभ आएको छ ।

स्वास्थ्य कार्यालय प्यूठानले तथ्याङ्क संकलनको क्रममा त्रुटि हुन पुगेकोे छ । माण्डवी गाउँपालिकाको आईसोलेसन केन्द्रमा अवधि पुरा गरेका ८ जनाको स्वाव पुर्नः परीक्षण गर्दा ७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । पोजेटिभ केशलाई नयाँमा थप गर्दा १०० हुन गएको हो । यो नयाँ संक्रमित नभएकाले सच्चाईएको छ ।

प्यूठानमा थप १४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ९५ पुग्यो

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *