प्यूठान, ७ असार । प्यूठानमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षण प्यूठानका थप १४ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय प्यूठानका फोकल पर्सन पुस्कल श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार संक्रमित प्यूठान नगरपालिका वडा नं ३ का ४ जना, वडा नं ५ का ५, नौवहिनि गाउँपालिका वडा नं ७ का ३ जना, माण्डबी गाउँपालिकाका १ जना र गौमुखी गाउँपालिका ७ का १ जना रहेका छन् । उनीहरुको उमेर १६ देखि ५० वर्षका रहेका छन् ।
यससँगै प्यूठानमा कोरोना संक्रमितको संख्या ९५ पुगेको छ ।
यसअघि कोरोना पोजेटिभ देखिएका माण्डबी गाउँपालिकाका ७ जनाको दोस्रो रिर्पाट पनि पोजेटिभ आएको छ ।
यसअघि तथ्याङ्क संकलनको क्रममा त्रुटि भएको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ ।
