प्यूठान । स्थानीय निर्वाचनमा सिमान्तकृत समुदायको सहभागीता र सञ्चारको भूमिका विषयक अन्र्तक्रिया कार्यक्रम शनिवार जुम्री प्यूठानमा सम्पन्न भएको छ ।
कार्यक्रमको बारेमा जानकारी गराउँदै जागरण मिडिया सेन्टर अध्यक्ष कमला विश्वकर्माले सिमान्तकृत समुदायको पहुँच राज्यमा सोंचे अनुरुप नभएको बताउनु भएको । गत निर्वाचनमा निर्वाचित भएका प्रतिनिधिले पनि अर्थपुर्ण भुमिका निर्वाह गर्न समस्या भएको समेत बताउनु भएको छ । राज्यले नै निर्वाचनमा दलित, महिला लगायतको प्रतिनिधि अनिवार्य हुनुपर्ने भएता पनि राजनीतिक दलले पुर्ण रुपमा कार्यान्वयन गर्न समस्या देखिएको समेत विश्वकर्माले बताउनु भएको छ ।
सिमान्तकृत समुदायको समस्याको समाधान उसैको समुदायबाट नेतृत्वमा पुगेपछि मात्र समाधान हुने बताउँदै विश्वकर्माले आम सञ्चारको माध्यमबाट सञ्चारकर्मीले खबरदारी गरेमा राजनीतिक दललाई निर्णय प्रक्रियामा ध्यानकेन्द्रित हुने समेत बताउनु भएको छ । सञ्चारकर्मीले सिमान्तकृत समुदायको मुद्धालाई सञ्चारमाध्यमबाट चासोका साथ प्रकासन प्रशारण गर्ने बताउनु भएको छ । लुम्बिनी प्रदेश अन्र्तगतको दैलेख, दाङ, नवलपरासी, सल्यानमा सञ्चालन गरिएको कार्यक्रम प्यूठानमा पनि आयोजना गरिएको हो ।
कार्यक्रम जागरण मिडिया सेन्टरको आयोजना, वल्र्डभ्यू नेपालको सहकार्य र नेपाल पत्रकार महासंघ प्यूठानको समन्वयमा कार्यक्रम सञ्चालन भएको हो । विशेष अतिथि पत्रकार महासंघ प्यूठानका अध्यक्ष सञ्जय रिजाल, पूर्व अध्यक्ष गिरु प्रसाद भण्डारी, उद्योग वाणिज्य संघ प्यूठानका निवर्तमान वरिष्ठ उपाध्यक्ष प्रभात के.सी. लगायत सञ्चारकर्मी तथा नागरिक समाजका व्यक्तित्वहरुको सहभागीता रहेको थियो । भुवन सिंह को स्वागत मन्तव्य रहेको कार्यक्रमको सहजिकरण लोकेन्द्र सुनारले गर्नुभएको थियो ।
