> समाज > बिरामीको मृत्यु भएपछि मेडिकल घेराउ


बिरामीको मृत्यु भएपछि मेडिकल घेराउ

प्यूठान, १५ बैशाख ।
पुर्बी चितवनको कालिका २,स्थित प्रकाश मेडिकलमा बिरामीको मृत्यु भएको भन्दै आफन्त हरुले मेडिकल घेराउ गरेका छन । आज बिहान पेट दुखेर मेडिकल पुगेकी २५ बर्षिय निरमाया थिङको सोही मेडिकलमा मृत्यु भएको निरमायाका श्रीमान भिम मोक्तानले जानकारी दिनुभयो ।

मेडिकलमा उपचारमा लापरवाही भएको र थप उपचारको लागि मेडिकलले भरतपुर पठाए पनि पुरानो मेडिकलमा पुग्दा श्रीमतीको मृत्यु भइसकेको मोक्तानले बताउनुभयो । पर्सा जिल्लाको ठोरी ५, सुबर्णपुर घर भएका मोक्तान परिवार हाल कालिका १, लंकालाइनमा भाडामा बस्दै आउनुभएको थियो ।

मेडिकल संचालक प्रकाश रिजालले बिरामीको पेट दुखेकोले दुखाइ कम गराउने डिक्लोफेनिक र ग्यास्टिकको सुक्राफिल औसधी दिइ भरतपुर पठाइएको बताउनुभयो । मेडिकल संचालक रिजाललाई सोधपुछका लागि ईलाका प्रहरी कार्यालय टाँँडी लगेको प्रहरीले जनाएको छ । अहिले मृतकको शब सरकारी अस्पतालमा पोस्टमाटमको लागि राखिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!