> समाज > प्यूठानमा थप ७ जना, कोरोना संक्रमितको संख्या ३१ पुयो


प्यूठानमा थप ७ जना, कोरोना संक्रमितको संख्या ३१ पुयो

प्यूठान, ३२ जेठ । प्यूठानमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्युठानको माण्डबी गाउँपालिका १ सिमलचौर स्थित क्वारेन्टाइनमा बसेका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको माण्डबी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ध्रुव पोख्रेलले जानकारी दिनुभयो । यससँगै माण्डबी गाउँपालिकामा कोरोना संक्रमितको संख्या १७ पुगेको छ ।

त्यस्तै माण्डबी गाउँपालिकाका १७ जना, प्यूठान नगरपालिकाका १० जना, सरुमारानीका १ जना, स्वर्गद्वारी नगरपालिकाका १ जना र ऐरावतिका २ जना गरी प्यूठानमा कुल कोरोना संक्रमितको संख्या ३१ पुगेको छ । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!