प्यूठान, ३१ जेठ । प्यूठान सदरमुकाम खलंगाको लोकतान्त्रिक चोकमा नेपालको नयाँ नक्सा बनाइएको छ ।
लोकतान्त्रिक चोकको पिपल चौतारीमा नेपालको नयाँ नक्सा बनाइएको हो ।

सदरमुकामका युवाहरुले लकडाउनको समयको सदुपयोग गर्दै चौतारीमा नयाँ नक्सा बनाएका हुन् ।

शान्तिका प्रतिक गौतम बुद्धको आँखा सहित युवाहरुले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेको नयाँ नक्सा बनाएका हुन् ।

२०६२ ०६३ को लोकतान्त्रिक आन्दोलनको समापन यहि चोकमा गरेसँगै लोकतान्त्रिक चोक नामाकरण गरिएको थियो ।

