> राष्ट्रिय > प्यूठानमा सोमवार थप ३ जनामा कोरोना पुष्टि, १९ जना डिस्चार्ज


प्यूठानमा सोमवार थप ३ जनामा कोरोना पुष्टि, १९ जना डिस्चार्ज

प्यूठान, २९ असार । प्यूठानमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहिमा गरिएको परिक्षणमा सोमवार प्यूठानका थप ३ जनालाइ कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । आज थप हुनेमा प्यूठान नगरपालिकाका १ जना र ऐरावति गाउँपालिकाका २ जना पुरुष रहेका छन् ।
यससँगै प्यूठानमा कोरोना संक्रमितको संख्या ३३१ पुगेको छ ।

यस्तै सोमवार नै १९ जना कोरोना निको भएर डिस्चार्ज भएका छन् । आज कोरोना निको भई डिस्चार्ज हुनेमा ऐरावति गाउँपालिकाका ११ जना र सरुमारानी गाउँपालिकाका ८ जना रहेका छन् । यससँगै प्यूठानमा कोरोना मुक्त हुनेको संख्या २९५ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *