> समाज > अब रमाउँदै लक्ष्मी


अब रमाउँदै लक्ष्मी

प्यूठान, २३ जेठ । लक्ष्मी नौ महिना पुग्दै हुनुहुन्छ । २०७६ असोज ३१ गते जन्मनु भएको हो । उहाँको घर प्यूठानको नौबहिनी गाउँपालिका स्याउलीबाङमा हो ।

जिल्ला कारागारमा हुर्कनु भएकी लक्ष्मी एक साता अघि मात्रै कारागार भन्दा बाहिरी दुनियामा आउनु भयो । आज भन्दा एक साता अगाडी जेठ १५ मा उहाँ कारागार मुक्त हुन भएको हो ।

आठ जना महिलाको बिचमा हुर्कनु भएकी लक्ष्मी पुरुष मानिस देख्दा डराउनु हुन्थ्यो अव भने उहाँ सबै सँग घुलमिल हुँदै जानु भएको छ । जम्मा जम्मी ४ पटक बाहिरी संसार देख्नु भएको उहाँ कुखुरा कराउदा पनि डराउने गरेको आमा श्यामकलाले बताउनु भयो ।

लक्ष्मी प्यूठान अस्पतालमा जन्मनु भएको थियो भने नियमित खोपको लागी बाहिर निकालिन्थ्यो । जिल्ला कारागार कार्यालय प्यूठानले जानकारी दिएको छ । सो समय बाहेक लक्ष्मी कारागारको साँघुरो स्थानमा हुर्कनु भएको थियो ।

उहाँको बुवा पनि कारागारमा हुनुहन्छ । तर उहाँ आफ्नो बुवाको बोली सुन्दा डराउनु हुन्थ्यो भने बुवाको काखमा जान समेत मान्नु हन्थेन । यस्तो देख्दा आफुलाई डर लाग्न थालेको आमा श्यामकलाले बताउनु भयो । उहाँ भन्नु हुन्छ, ‘छोरी कतै सधैका लागी बुवा देखि डराउछिनकी भन्ने लाग्थ्यौ ।’

एक हप्तामा लक्ष्मीमा धेरै परिवर्तन आएको छ, सबै सँग रमाउन सक्छिन । पहिले कुखुरा बसहरु देख्दा डराउने लक्ष्मी अव रमाउन थालेकी छिन् ।

नयाँ मान्छे देख्दा रुन्थिन उनकी आमा श्यामकलाले भन्नु भयो हामीले गरेको गल्तीले नानी समेत जेल बस्नु परेकोमा दुख लागेको छ । उहाँले भन्नुभयो ‘लक्ष्मी गर्भमा भर्खर हुर्किदै थिइन मलाई कारागार चलान भयो ।’
परिवारमा कसैलाई नदेखेकी लक्ष्मीले आफ्नो फुपुलाई भने एक फेर देखेकी छिन् । कारागार भित्र रेडियो बजेको सुन्दा निकै खुशी हुन्थिन ।

उनि निर्दोष थिइन तर आमाको गल्तिले कारागारमा जन्म लिनु परेको श्यामकलाले बताउनु भयो ।
भित्र हुदा सबै संग डराउने उनि बाहिर आएपछि चञ्चले बनेकी छिन् । लक्ष्मी मोवाइल देख्दा आषैधी खुशी हुन्छिन ।

लक्ष्मीको बुवा र आमा बहुविवाहको मुद्दामा कारागार चलान भएपछि उहाँ कारगारमै जन्मिएर आठ महिना सम्म बस्नुभयो । बाहिर निस्कँदा डराउने उहाँ अहिले भने रमाउन थाल्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *