प्युठान । प्युठानमा म्याद नाघेको २ लाख बढी मुल्यको म्याद नाघेको पेय पदार्थ भेटिएको छ । प्युठान नगरपालिका-८ बाग्दुला स्थित सृजना अडर एण्ड सप्लार्यसको गोदामबाट २ लाख २० हजार ६४१ रुपियाँको पेय प्रदार्थ बरामत गरिएको तथा साना उद्योग कार्यालयका सुचना अधिकारी चम्पक श्रेष्ठले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालको नेतृत्वमा घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत सरोज भन्डारी र ईलाका प्रहरी कार्यालय बिजुवारका प्रहरी निरीक्षक चन्द्रकान्त अधिकारी नेतृत्वमा छापा मारेको उहाँले जानकारी दिनुभयो ।
ईनर्जि ड्रिङ्क २५० मिलिलिटरका १२१ कार्टुन ,पेप्सि एक लिटरको ३३ कार्टुन, मेरिन्डा एकलिटरको २६ कार्टुन, मेरिन्डा आधालिटरको ५ कार्टुन, सोडा आधा लिटर, सेभेनअप ११ कार्टुन बरामत गरिएको श्रेष्ठले जानकारी दिनुभयो ।
बरामत गरिएका पेय प्रदार्थ प्युठान नगरपालिकाको ट्रकमा राखी नगरपालिकाको ड्याप्पिङ साइडमा नष्ट गरिने प्रहरी निरीक्षक अधिकारीले बताउनुभयो ।
