प्युठान, २९ बैशाख । प्युठानमा एक ब्यक्ती भालुवाङ बाट प्युठान आएका छन ।
बाल बिद्या माध्यमिक बिधालय मजुवामा कार्यरत एक शिक्षक प्युठानको मजुवा आएका हुन ।
आइतबार बिहान मजुवा आएका उनलाई अझै सम्म क्वारेन्टाइन राखिएको छैन । स्थानीय सर्ब साधारण ब्यक्ती हरु लाई सिधै लागेर क्वारेन्टाइनमा राख्ने गर्दै आएपनी उनलाई भने क्वारेन्टाइनमा ठाउँ नभएकोभन्दै होम क्वारेन्टाइनमा बस्न लागाइएको प्युठान नगरपालिकाका मेयर अर्जुन कुमार कक्षपतीले जानकारी दिनुभयो ।
उहाले भन्नुभयो, उनी राती आएका रहेछन् सम्पर्क भएको छ भोलि बिहान बाट क्वारेन्टाइनना राख्ने गरि वडा अध्यक्ष संग कुरा भएको छ ।
स्थानीय भने यसरी आउदा कोरोना संक्रमण हुन सक्ने भन्दै आतंकित भएका छ्न । घरबेटि बिस्नु बहादुर बिष्टले भन्नुभयो, उहाँले आउने जानकारी गराएका थिए तर मैले वडा अध्यक्षलाई जानकारी गराएर आउनु भनेको थिए तर उहाँ एक्कासि आउनु भएछ मलाई त्यो कुरो थाहा भएन ।
