समाज

संक्रमित पुष्टि भएलगत्तै ‘कन्ट्याक ट्रेसिङ’ शुरु

प्यूठान, २० जेठ । प्यूठानमा पहिलो कोरोना संक्रमित पुष्टि भए लगत्तै संक्रमितको निकटम सम्पर्कमा आएका व्यक्तिको खोजी कार्य सूरु भएको छ ।

केस इन्भेष्टिगेसन एण्ड कन्ट्याक ट्रेसिङ टिमबाट आवश्यक कार्य प्रारम्भ भैसकेको जिल्ला स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । निकटम सम्पर्कमा आएका व्यक्तिको खोज पडताल गरी जाँचको दायरा बढाउन र संक्रमणलाई अन्यत्र फैलिन नदिन स्वर्गद्धारी नगरपालिकामा टिम गठन गरिएको कार्यालय प्रमुख विशाल सुवेदीद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।

संक्रमितको संम्पर्कमा आएकाको पहिचान गरि कोरोना टेष्ट गर्ने उदेश्यले खोजि कार्य सुरु गरिएको स्वास्थ्य कार्यालय प्यूठानको प्रमुख विशाल सुवेदिले जानकारी दिनुभयो ।

‘महामारीको यस अवस्थामा कोभिड–१९ को संक्रमणबाट बच्नका लागि सम्पूर्ण प्यूठानवासीहरुमा पूर्व सावधानी अपनाउनुका साथै सचेत एवम् सजक रही धैर्यतापूर्वक लकडाउनको पूर्ण रुपमा पालना गरिदिनु हुन स्वास्थ्य कार्यालय प्यूठान हार्दिक अनुरोध गर्दछ ।’ ,विज्ञप्तीमा उल्लेख छ ।

Related Articles

Back to top button