प्यूठान । नेपाल नेत्रज्योती संघ प्यूठान र आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पतालले संयुक्त रुपमा विश्व दृष्टि दिवस एक कार्यक्रम गरि मनाएको छ ।
आज आँखा उपचार केन्द्रमा आयोजित कार्यक्रममा प्यूठान नगरपालिका-४ निवासी ६५ वर्षीया तृष्णादेवी सार्की र माण्डवी गाउँपालिका-३ निवासी ६२ वर्षीय देव बहादुर कुवरलाई सम्मान गरिएको हो ।
आज केन्द्रमा पुगेका ५० जना विरामीलाई निःशुल्क जाँच गरिएको केन्द्रका प्रमुख सुजता भण्डारीले बताउनुभयो ।
विजुवारमा रहेको केन्द्रले जिल्लाका विभिन्न स्थानीय तहसँग सहकार्य गरेर जेष्ठ नागरिकलाई आँखा उपचारमा छुट दिने गरेको छ ।