प्यूठान, २५ जेठ । रोल्पाका तीन जना व्यक्तिमा कोरोना संक्रमण देखिएसँगै प्रदेश नम्वर पाँचका सवै जिल्लामा कोरोना संक्रमण भेटिएको छ ।
प्रदेशका सवै १२ जिल्लामा गरि एक हजार ८१ जना संक्रमति पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
देशभर तीन हजार चार सय ४८ संक्रमित पुगेका छन् । ७१ जिल्लामा हालसम्म संक्रमण देखिएको छ । आज थप २१३ जनामा कोरोना संक्रमण भेटिएको हो ।
