> आर्थिक/बिकास > विजय फूलवारीको स्थापना दिवसमा पुरस्कार र सम्मान


विजय फूलवारीको स्थापना दिवसमा पुरस्कार र सम्मान

प्यूठान । विजय फूलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड प्यूठानले विविध कार्यक्रम गरी स्थापना दिवस मनाएको छ ।


संस्थाको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी प्यूठान जिल्ला शाखाको समन्वयमा विहान ८ बजे आयोजना गरेको रक्तदान कार्यक्रममा संस्थाका सञ्चालक प्रभात श्रेष्ठ तथा कर्मचारी दिपा घिमिरे, नारायण शर्मा र कमल बि.क.ले रक्तदान गर्नुभएको छ । रक्तदातालाई संस्थाले कदरपत्रले सम्मान गरेको छ ।

‘आजको सन्र्दभमा सहकारीको महत्व’ विषयक वक्तृत्वकला प्रतियोगितामा भानुभक्त मा.वि. बर्बोटका सुदन भुषाल प्रथम, मुक्ति मा.वि. रातामाटाकी सरस्वता कुवर द्धितिय, महेन्द्र मा.वि. खलंगाका रुद्रमणि भुषाल तृतीय हुनुभएको छ । त्यस्तै माण्डवी मा.वि.का नयागाउँका अविषेक रसाइली, जनता मा.वि. बाग्दुलाकी बवित श्रेष्ठ र गंगा मा.वि. बाहानेका हरी सुनार सान्त्वना स्थान हासिल गर्नु भएको छ । विजेता मध्ये प्रथमले नगद ७ हजार, द्धितियले ५ हजार, तृतीयले ३ हजार र सान्त्वनाले २/२ हजार नगद र प्रमाण पत्र प्राप्त गर्नुभएको छ ।

संस्थाले शेयर सदस्यालाई विभिन्न विधामा पुरस्कृत तथा सम्मान गरेको छ । जसमा उत्कृष्ट बचतकर्तामा प्यूठान नगरपालिका ४ विजुवारकी भावना राजभण्डारी तथा मल्लरानी गाउँपालिका ४ कसेरीका इन्द्र प्रसाद अधिकारी रहनु भएको छ । असल ऋणीमा प्यूठान न.पा. ३ ओखरबोटकी शान्ती देवी कामी तथा स्वर्गद्धारी नगरपालिका ४ गोठिवाङ्गका हुकुम बहादुर योगी रहनुभएको छ । त्यसैगरी उद्यमी तर्फ प्यूठान नगरपालिका ३ का षट कुमार न्यौपाने रहनुभएको छ । त्यस्तै बालबचत तर्फ प्यूठान नगरपालिका ४ विजुवारका सुशान श्रेष्ठ र सुभाना श्रेष्ठ रहनुभएको छ ।

कार्यसम्पादन मुल्यांकनको आधारमा उत्कृष्ट कर्मचारीको रुपमा लघुवित्त सहजकर्ता सावित्रा जि.सी. पुरस्कृत हुनभएको छ । पूर्व सञ्चालक तर्फ प्यूठान नगरपालिका १ खैराका धन बहादुर गाहा र प्यूठान नगरपालिका ३ कुवापानीकी रम्बा खड्का रहनु भएको छ ।

 

जेष्ठ नागरिक सम्मान प्यूठान नगरपालिका १ खैराका कविराम वैद्दिक रहनु भएको छ । जिल्ला सहकारी संघ लिमिटेड प्यूठानका पूर्व अध्यक्ष जिवराज न्यौपानेलाई सम्मान गरेको छ । सम्मानित हुने व्यक्तित्वलाई संस्थाले पुरस्कार तथा सम्मान पत्र प्रदान गरेको छ ।

 

संस्था कार्यवाहक अध्यक्ष राधा पुलामीको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि प्यूठान नगरपालिका नगर प्रमुख विष्णु बहादुर योगी रहुन भएको थियो । कार्यक्रममा विशेष अतिथी लुम्बिनी प्रदेश सहकारी सञ्चालक जिवराज न्यौपाने तथा अतिथी विजय फूलवारी साकोसा सल्लाहकार तथा फूलवारी साकोसका संस्थापक अध्यक्ष लोक बहादुर बस्नेत, जिल्ला सहकारी संघ लि. प्यूठानका अध्यक्ष सुशिल पोखरेल, बचत तथा ऋण जिल्ला संघ लि. का अध्यक्ष भोज बहादुर बस्नेत, फुलवारी एकिकृत ग्रामिण विकास संस्थाका अध्यक्ष छन्द बहादुर बस्नेत, संस्थाका सल्लाहकार गुमानराज पुलामी लगायतको आतिथ्यता तथा सञ्चालक, शेयर सदस्य, शुभेच्छक लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजिकरण व्यवस्थापक प्रकाश वैद्यले गनुभएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *