> समाज > निर्माण व्यवसायीबाट प्रहरीलाई सहयोग : पीपीई र मास्क


निर्माण व्यवसायीबाट प्रहरीलाई सहयोग : पीपीई र मास्क

प्यूठान, २० जेठ । निर्माण व्यवसायी संघ प्यूठानले जिल्ला प्रहरी कार्यालय प्यूठानलाई कोरोना संक्रमणबाट बच्न आवश्यक पर्ने स्वास्थ्य सुरक्षा सामाग्री सहयोग गरेको छ । संघले २० थान पीपीई सेट र १५० थान एन ९५ मास्क प्रदान गरेको अध्यक्ष पशुपति नारायण नकर्मीले बताउनुभयो ।

सडकमा खटिने सुरक्षाकर्मीको सुरक्षार्थ सानो सहयोग गरेको अध्यक्ष नकर्मीले बताउनुभयो । सहयोग सामाग्री हस्तान्तरण कार्यक्रममा प्रहरी नायव उपरीक्षक नरेन्द्र कुमार कार्कीले प्रहरीलाई सहयोग सामाग्री उपलब्ध गराएकोमा धन्यवाद दिनुभयो । उहाँले फ्रन्टलाईनमा काम गर्ने प्रहरीलाई सुरक्षा सामाग्री उपलब्ध गराउने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *