> समाज > प्यूठानमा वर्षातले जताततै पहिरो, धेरै घर अझै जोखिममा


प्यूठानमा वर्षातले जताततै पहिरो, धेरै घर अझै जोखिममा

प्यूठान । मल्लरानी गाउँपालिका-५ रप्चुमा मङ्लेश नेपालीको घर पहिरोले भत्कियो ।

फोटो क्याप्सन ः मल्लरानी गाउँपालिका चुँजामा वर्षातले पहिरो खस्दा जोखिममा परेको घर ।

लगातारको वर्षातले गर्दा घरमाथीबाट खसेको पहिरोले नेपालीको घर पूणर् रुपमा क्षति भएको हो । अहिले नेपाली दाईको घरमा बस्नुभएको छ ।

 

“अहिले बसिरहनुभएको घर पनि जोखिममा छ,” वडा अध्यक्ष रामबहादुर थापाले भन्नुभयो, “पानी पर्न नरोकिएकाले अहिले पनि जोखिम हटेको छैन ।” वडामा त्यस्ता दर्जनबढी घर जोखिममा रहेको उहाँले बताउनुभयो । “बाटोघाटो पहिरोले उस्तै छ,” उहाँले भन्नुभयो, “दुई पटक सम्म बाटो मर्मत गरेपनि फेरी सोहोर्नुपर्ने भएको छ ।”

 

भारी वर्षातले जिल्लाका धेरै सडक, घरमा क्षती पुगेको छ । जिल्ला विपद व्यवस्थापन समिति प्युठानका अनुसार ३२ घर पूणर् रुपमा क्षति भएका छन् । त्यसैगरि चार घर आशिंक रुपममा क्षति भएको समितिको तथ्याङ्क छ । पहिरोमा पुरिएर चार जनाले ज्यान गुमाएका छन् । घर क्षति भएका परिवारलाई प्रशासनले पाँच हजारदेखी दश हजारसम्म सहयोग उपलब्ध गराउँदै आएको छ ।

 

गत वर्ष छुट्टाएको बराबर ३५ लाख रुपियाँ बाटो मर्मतका लागि मल्लरानी गाउँपालिकाले बजेट विनियोजन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापाले बताउनुभयो । “यो वर्ष धेरै पानी पर्ला भन्ने अनुमान भएन,” उहाँले भन्नुभयो, “बाटो नै बन्द भएका ठाउँमा सामान्य गाडी चल्ने गरि मर्मत पनि गरिरहेका छौं ।”

 

थप बाटो मर्मतका लागि वडाहरुमा इस्टिमेट भइरहेको र पालिकाले सूचना समेत प्रकाशित गरेको उहाँले बताउनुभयो । बजेट अपुग भएमा हिउँदे अधिवेशनबाट थप गर्न सकिने उहाँको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *