> राष्ट्रिय > नेपालमा कोरोना संक्रमितको संख्या १८११ पूग्यो


नेपालमा कोरोना संक्रमितको संख्या १८११ पूग्यो

प्यूठान । नेपालमा कोरोना संक्रमितको संख्या १८११ पुगेको छ ।

सोमवार साझ थप १३ जना कोरोना संक्रमित भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८११ पुगेको स्वास्थ्य मन्त्रालयको सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिनुभयो । प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा थप १३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार १३ जना संक्रमित मध्ये पाल्पाका २ जना, कपिलवस्तुका ७ जना, गुल्मीका १ जना, नवलपरासीको १ जना र रुपन्देहिका २ जना रहेका छन् ।

संक्रमितमध्ये २२१ जना कोरोनामुक्त भएर अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने ८ जनाको मृत्यु भइसकेका छन् ।

सोमबार मात्र २२६ जना कोरोना संक्रमित भेटिएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!