प्युठान । नेकपा एमालेका प्रतिनिधि सभा सदस्यका उम्मेदवार सूर्य थापाले जिल्लाका ६४ वटै वडामा पुगेर मतदातासंग भेट गर्नुभएको छ ।
आज अन्तिम चुनावी कार्यक्रम प्युठान नगरपालिका-८ मा सप्पन्न भएको बताउँदै उम्मेदवार थापाले जिल्लाको बिकासका निम्ति मतदाताले आफुलाई जिताउने दावी गर्नुभयो ।
नेता थापाले चुनावी अभियानमा असल मन भएका, चोखो मन भएका ब्याक्तित्वसंग भेट भएको बताउनुभयो । जिल्लाको बिकासका निम्ति आफुले मुर्त रुपमा खाका प्रस्तुत गरेको भन्दै उहाँले यसपटक मतदाताले एमालेका उम्मेदवारलाई मत दिएर जिताउने बिश्वास व्यक्त गर्नुभयो ।
