झिमरुक । बुधबार दिउँसो झिमरुक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहितका कर्मचारीमाथी भएको हातपातको घटनाको चौतर्फी बिरोध भएको छ । घटनामा संलग्न ब्यक्तिलाई कार्वाहीको माग गर्दै जिल्लाका सबै प्रमुख प्रशासकीय अधिकृतले ऐक्यबद्धता जनाएका छन ।
त्यसैगरी कर्मचारी संघ तथा संगठनले घटनाको बिरोध गर्दै कार्वाहीको माग गरेको छ । कर्मचारीलाई काम गर्ने वातावरण बनाउन माग गरेका छन ।
राष्ट्रिय जनमोर्चा झिमरुक गाउँपालिकाले घटनामा पालिका अध्यक्षको समेत संलग्नता रहेको आरोप लगाएको छ ।
गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीका छोरा मिलन एमसी सहितका ब्याक्तीले कर्मचारी माथी हातपात र अभद्र ब्यबहार गरेका थिए । उक्त घटना पछि कर्मचारी आन्दोलित भएका छन । पालिकाको काम रोकीएको छ ।
