> राष्ट्रिय > झोलुङ्गे पुल निर्माण संगै स्थानीयलाई सहज


झोलुङ्गे पुल निर्माण संगै स्थानीयलाई सहज

प्युठान । प्युठानको झिमरुक गाउँपालिका अन्तर्गत अर्गेली र सिमलचौर बिचमा पर्ने झिमरुक नदिमा साहुखुट्टा सिमलचौर झोलुङ्गे पुल निर्माणको काम सम्पन्न भएको छ । झोलुङ्गे पुल निर्माण सम्पन्न भए संगै स्थानीयलाई आवजवतमा सहज भएको हो ।

 

झिमरुक-६, को अर्गेली र झिमरुक-७, को सिमलचौर जोड्ने गरी झिमरुक नदीमा निर्माण गरिएको झोलुङ्गे पुलको काम गएको आर्थिक वर्षमा सम्पन्न गरिएको झोलुङ्गे पुल निर्माण समितिका अध्यक्ष नारायण प्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

 

 

झोलुङ्गे पुल निर्माण संगै स्थानीयलाई आउजाउमा सहजता भएको उनले बताए । ‘झोलुङ्गे पुल निर्माण भयो,’ उहाँले भन्नुभयो,’सिमलचौर तिर करिब २ सय मिटर सडक जोडन बाकी छ,यो सडक जोडिए पुलबाट मोटरसाइकल स्थानीय वारपार गर्न सजिलो हुने थियो।’

 

 

स्थानीय खगेश्वर भट्टराईले धेरै पहिलेदेखि पुल बनाउन स्थानीयले गरेको माग पुरा भएकोमा हामी निकै खुशी भएको बताउनुभयो । साना नानिबाबुलाई बिद्यालय जान दाउरा घाँस गर्न निकै सास्ती रहेकोमा पुल बनेपछि सजिलो भएको उहाँको भनाई छ ।

 

 

पुल निर्माण पछि स्थानीयलाई आवजावत गर्न सहज भएको छ । प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद पोख्रेलले भन्नुभयो, ‘बिगतवर्षमा जनतालाई झिमरुक नदि वारपार गर्न अफ्ट्यारो थियो पुल बनेपछि निकै सजिलो भएको छ ।’

 

स्थानीयको माग अनुसार सिमलचौर क्षेत्रतिर जोडन बाकी सडकलाई पालिकामा समन्वय गरेर यसै वर्षमा काम अगाडि बढाउन पहल थाल्ने वडा नम्बर ६ का वडा अध्यक्ष धन बहादुर पुनले बताउनुभयो । अध्यक्ष पुनले पुल संरक्षण र मर्मत संभारमा स्थानीयले ध्यान दिनुपर्ने बताउनुभयो ।

 

पुल बन्नु भन्दापनी आफै अपनत्व लिएर दिगो बनाउनको लागि स्थानीयको महत्वपूर्ण जिम्मेवारी भएकोले जनता चनाखो हुनुपर्ने प्रादेशिक प्राबिधिक प्रदायिक संस्था(PTAP) नेपालगन्जका प्राबिधिक संयोजक इन्जिनियर बिजय ढकाल बताउनुभयो । पुल बनेपछि अहिले जनताको समय बचत भएको छ । नदि तर्ने क्रममा खोलाले बगाउने समस्या हटेको छ । बालबालिकालाई बिद्यालय पढ्न सहज भएको छ । खेतिपाती गर्न र ओसारपसार गर्ने समेत सहज भएको स्थानीय हरिहर पोख्रेलले बताउनुभयो।

 

स्थानीय उपभोक्ता समिति मार्फत काम गर्ने गरि आर्थिक वर्ष २०७९/०८० को पुसमा सम्झौता भइ मिति २०८० असार १५ गते काम सम्पन्न गर्ने गरि ४५ लाख ७४ हजार ४ सय ६८ रुपैयाको लागमा सम्झौता भएको थियो । उक्त पुलको लम्बाई १०० मिटर लामो रहेको छ । पुल बनेपछि अर्गेली, नेपाने, चिसावाङ्ग र सिमचौर, रातटारी, छाटिपाटा, हिड्डाडाका सयौं स्थानीयलाई आउजाउमा सहज भएको वडा अध्यक्ष पुनको भनाइ छ ।

साहुखुट्टा सिमलचौर झोलुङ्गे पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष नारायण प्रसाद श्रेष्ठको अध्यक्षमा भएको सार्वजनिक लेखापरीक्षण कार्यक्रमको प्रमुख आतिथ्यता झिमरुक-६, का वडाध्यक्ष धन बहादुर पुन हुनुहुन्थ्यो । कार्यक्रममा झिमरुक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद पोख्रेल, इन्जिनियर अशोक जिसी, प्रादेशिक प्राबिधिक प्रदायक संस्था नेपालगन्ज(PTAP)का प्राबिधिक संयोजक इन्जिनियर बिजय ढकाल, प्राबिधिक अधिकृत राकेश बिक लगाएत कर्मचारी स्थानीयको उपस्थिति रहेको कार्यक्रमको मल्लरानी ग्रामीण बिकास सरोकार केन्द्र सामाजिक तथा प्राबिधिक सहजीकरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *