> राष्ट्रिय > सरुमारानी भित्रका विद्यालय मंसिर ७ गतेबाट संचालन हुने


सरुमारानी भित्रका विद्यालय मंसिर ७ गतेबाट संचालन हुने

प्यूठान, ५ मंसिर ।  प्यूठानको सरुमारानी गाउँपालिका भित्रका विद्यालय मंसिर ७ गतेदेखि संचालन हुनेभएका छन् ।

नेपाल सरकारद्वारा जारी विद्यालय सञ्चालन सम्वन्धी कार्यढाँचा २०७७ तथा गाउँपालिकाको गाउँ शिक्षा समितिको बैठकबाट तय भएका १३ बुदे मापदण्ड अनुसार विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको गाउँपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत ओमु गिरीले जानकारी दिनुभयो । विद्यालयलाई स्वास्थ्य मापदण्डहरु पालना गरी उच्च सतर्कताका साथ सजकता अपनाई विद्यालय सञ्चालन गर्न आग्रह गरिएको उहाँले बताउनुभयो ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र(डिसिसिएमसी) को बिहिवार बसेको बैठकले बिद्यालय पठनपाठन स्थानीय तहले कोभिडको अवस्था, सहजता हेरेर आवस्यक निर्णय लिन सक्ने निर्णय गरेको थियो । सोही अनुसार सरुमारानी गाउँपालिकाले बिद्यालय खोल्ने निर्णय गरेको जनाएको छ ।

सरुमारानी गाउँपालिका भित्र प्रा.वि १८, आधारभुत २, मा.वि ७ ,मदर्सा २ वटा, सस्थागत ३ वटा गरी ३२ वटा बिद्यालय रहेका छ्न ।