> राष्ट्रिय > विपन्न तथा गरिब परिवारलाई सिरक वितरण


विपन्न तथा गरिब परिवारलाई सिरक वितरण

प्युठान । प्युठानको गौमुखी गाउँपालिकामा विपन्न तथा गरिब परिवारलाई चिसो धपाउन न्यानो सिरक वितरण गरिएको छ ।

 

काठमाडौंस्थित रोटरी क्लबका सचिव एवं युवा व्यवसायी सन्तोष कुँवरको समन्वयमा इनर्विल क्लब र विभिन्न उद्योगी व्यापारीहरुको सहयोगमा गौमुखी गाउँपालिकाका ७ वटै वडाका ४९ जना विपन्न तथा गरिब परिवारलाई न्यानो सिरक वितरण गरिएको हो ।

 

पालिका र वडासँग समन्वय गरेर विपन्न घरपरिवारलाई एक लाख बराबरको न्यानो कपडा वितरण गरिएको रोटरी क्लबका सचिव कुँवरले बताउनुभयो ।

 

न्यानो सिरक पाउँदा स्थानीय विपन्न परिवारले राहत भएकोले खुशी ब्यक्त गरेका थिए । रोटरी क्लबका सचिव युवा व्यवसायी सन्तोस कुँवर गौमुखी– ७ नारिकोटबासी हुनुहुन्छ । उहा करिब १५ वर्ष अगाडिबाट काठमाण्डौमा व्यवसायसँगै सामाजिक कार्यमा सहयोग गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *