> आर्थिक/बिकास > नौमुरे बहुउदेश्यीय आयोजनाको लगानी ढाँचा एकिन गरि कार्यान्वयन गरिने


नौमुरे बहुउदेश्यीय आयोजनाको लगानी ढाँचा एकिन गरि कार्यान्वयन गरिने

प्यूठान । जिल्लाको बहुप्रतिक्षित विद्युत आयोजनाको रुपमा रहेको नौमुरे बहुउदेश्यीय आयोजनाको लगानी ढाँचा एकिन गरि कार्यान्वयन गरिने भएको छ ।

सरकारले जारी गरेको बजेट भाषणमा नेपालको पानी जनताको लगानी अभियान अन्र्तगत आगामी आर्थिक वर्षमा नौमुरे बहुउदेश्यीय सहितका अन्य आयोजनाको लगानी ढाँचा एकिन गरि कार्यान्वयन गर्ने उल्लेख छ ।

नौमुरे सहित माथिल्लो अरुण, किमाथान्का अरुण, फुकोट कर्णाली, तामाकोशी ५, चैनपुर सेती, जगदुल्ला लगायत जलविद्युत आयोजनाको निर्माण प्रक्रिया अघि बढाईने बजेट भाषणमा उल्लेख छ ।

बुढीगण्डकी, पश्चिम सेती, कर्णाली चिसापानी, नलगाड, उत्तरगंगा, आधिखोलाको लगानी ढाँचा एकिन गरि कार्यान्वयन गर्ने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *