प्यूठान, २९ वैशाख । नेपालमा कोरोना संक्रमित संख्या १२० पुगेको छ ।
सोमबार थप १० जनामा कोरोना संक्रमित देखिएसँग नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १२० पुगेको हो ।
आज राष्टिय जनस्वास्थ्या प्रयोगशाला काठमाडौँमा गरिएको परिक्षणमा कपिलबस्तुका १० जनामा कोरोना संक्रमित देखिएको स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिनुभयो । संक्रमित हुने सबै पुरुष रहेका र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
