> राजनीति > प्युठानमा समाजवादी मोर्चाको नेतृत्व बिप्लबको पार्टीलाई


प्युठानमा समाजवादी मोर्चाको नेतृत्व बिप्लबको पार्टीलाई

प्युठान । कम्यूनिष्ट घटकहरुको मोर्चा समाजवादी मार्चा नेपाल प्यूठानको संयोजकको जिम्मेवारी बिप्लब नेतृत्वको नेकपाले पाएको छ । नेकपा प्यूठानका सेक्रेटरी गिरु प्रसाद भुसाल (परिवर्तन सी) लाई संयोजकको जिम्मेवारी दिईएको छ ।

 

मोर्चाको प्रथम बैठकले केन्द्रिय कार्यविधि अनुसार ४–४ महिनाको आलोपालो मा संयोजक रहनेगरी पहिलो ४ महिना ( माघ १६ गते ) सम्मका लागी नेकपा प्यूठानका सेक्रेटरी भुसाललाई संयोजकको जिम्मेवारी दिएको नेकपा माओवादी केन्द्र प्यूठानका संयोजक एवम् माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारी (रोसन) ले जानकारी दिनुभयो ।

समाजवादी मोर्चा नेपाल जिल्ला समिति प्यूठानको सदस्यहरुमा नेकपा प्यूठानका सचिवालय सदस्य मुस्कान सी , नेकपा एकिकृत समाजवादी का केन्द्रिय सदस्य तथा प्यूठान जिल्ला इन्चार्ज राजकुमार कक्षपती, नेकपा एकिकृत समाजवादी प्यूठानका अध्यक्ष भोजबिक्रम बुढा मगर , नेकपा माओवादी केन्द्र प्यूठानका संयोजक नवराज अधिकारी (रोसन), नेकपा माओवादी केन्द्र लुम्विनी प्रदेश कमिटी सदस्य प्रभात के.सी., जनता समाजवादी पार्टी प्यूठानका इन्चार्ज दान बहादुर बस्नेत र जनता समाजवादी पार्टी प्यूठानका अध्यक्ष श्रीकृष्ण पोख्रेल रहनुभएको छ ।

समाजवादी मोर्चा नेपाल जिल्ला समिति प्यूठानले यहि मिति २०८० कात्तिक १ गतेका दिन वडा दशैं, शुभ दिपावली र छड पर्व २०८० को पावन अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम को आयोजना गरिएको नेकपा एकिकृत समाजवादी प्यूठानका अध्यक्ष भोजबिक्रम बुढा मगर ले जानकारी दिनुभयो । समाजवादी मोर्चा नेपालका केन्द्रिय संयोजक पुर्व प्रधानमन्त्री तथा नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल हुनुहुन्छ ।