> राष्ट्रिय > क्याम्पमा पुगेपछि कुपोषण पत्ता लाग्यो, पोषण सुधारमा सहयोग गर्दै आरआरएन


क्याम्पमा पुगेपछि कुपोषण पत्ता लाग्यो, पोषण सुधारमा सहयोग गर्दै आरआरएन

राजेश जि.सी.
रोल्पा । रोल्पाको रुन्टीगढी गाउँपालिक बलबाङकी कृष्णा रोकाको छोरीलाई जन्मदै कुपोषण देखियो । गर्भावस्थामा आवश्यक पोषणयूक्त खानाको अभावले रोकाको छोरीमा कुपोषण भएको हो । तर, उक्त कुरा उहाँले गाउँमा भएको शिविरमा छोरीको स्वास्थ्य चेकजाँच गर्दा मात्र थाहा पाउनुभयो ।

 

नेपाल ग्रामीण पूननिर्माण परियोजना (आरआरएन)ले पोषण सुधार परियोजना अन्र्तगत गाउँमा कार्यक्रम सञ्चालन गरेको थियो । बलबाङमा पोषण समुह गठन गरेपछि रोका पनि सोहि समुहमा आबद्ध हुनुभयो । समुहमा पोषणको बिषयमा नियमित छलफल हुन थाल्यो । त्यसपछि उहाँले गर्भावस्था र बच्चालाई के कस्ता पोषणयूक्त खानेकुरा खुवाउने भन्ने जानकारी पाउनुभयो । रोका अहिले नियमित रुपमा बलबाङ पोषण समुहमा जाने गर्नुहुन्छ ।

 

अहिले उहाँ र उहाँको बच्चाको पोषणमा सुधार आएको छ । रोकाले अहिले घरमा करेसाबारी निर्माण गरी पोषिला र ताजा तरकारी, सागपात जस्ता खानेकुरा खाने गर्नुहुन्छ । त्यसका साथसाथै हरेक बार खाना चार मिलाएर खाने गरेको उहाँ बताउनुहुन्छ । रोकाले दैनिक दाल, भातका साथै अण्डा माछामासु, फलफुल, गेडागुडी लगायतका खानेकुरा मिलाएर आफ्नो बच्चालाई खुवाउने तथा आफूले खाने गर्नुभएको छ । जसका कारण अहिले उहाँको परिवार र बच्चाको स्वास्थ्यमा सकारात्मक परिवर्तन आएको छ ।

 

पहिला खानेपानी तथा सरसफाईमा खासै ध्यान नदिने रोका अहिले नियमित घर तथा व्यक्तिगत सरसफाईमा ध्यान दिने गर्नुहुन्छ । र उहाँको बच्चा अहिले कुपोषित अबस्थाबाट सुधार भई सुपोषित भएको छ ।

 

त्यस्तै रुन्टीगढी गाउँपालिका–५ बाइजाकी भुमिका थापाको बच्चाको तौल र उचाइ कम थियो । त्यसका साथै बच्चाले खाना नखाने समस्या थियो । ‘तौल घट्दै गएको थियो, खान मन नगर्ने र कमजोर देखिदै गएको थियो, उहाँले भन्नुभयो,‘कुपोषण भएको थाहा भएपछि आरआरएनले सञ्चालन गरेको क्याम्पमा गयौं ।’

 

गाउँमा आरआरएनले शिविर सञ्चालन गरेपछि उहाँ पनि बच्चाको तौल लिन सोहि शिविरमा पुगेपछि बच्चालाई कुपोषण भएको थाहा भयो । थापा पनि नियमित रुपमा पोषण समुहमा उपस्थित भइ छलफल गर्न थाल्नुभयो । अहिले उहाँको बच्चाले राम्रोसगँ खानेकुरा खाने तथा तौल र उचाइमा सुधार आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *