प्यूठान । थप ३२ जनामा शनिबार विहान कोरोना संक्रमण पुष्टि भएको छ ।
कपिलवस्तु, सर्लाही, रुपन्देही, काठमाडौंलगायतका जिल्लामा कोरोना संक्रमित भेटिएसँगै संक्रमितको संख्या ५ सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
संक्रमित सर्लाहीको गोडैता र कविलासी नगरपालिकामा १३ जना, कपिलवस्तुको वाणगंगा नगरपालिकामा ८ जना, रुपन्देहीमा ८ जना त्यस्तै बारा, चितवन र काठमाडौं जिल्लामा पनि १/१ जना संक्रमित भेटिएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिनुभएको छ।
