माधव खनाल
अर्घाखाँची ।अर्घाखाँची जिल्लाको पाणिनि गाउँपालिकाले मंगलबार शोक विदा दिने भएको छ । आईतबार साझपख पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८, सत्यवती केवँरेछेडामा आइतबार बेलुकी भएको जिप दुर्घटनामा ५ जनाको मृत्यु भएको छ ।
१० जना घाइतेको रुपन्देहीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले गाउँपालिकाका शोकमग्न रहेको बताउँदै शोक विदा दिएको बताउनुभयो ।
दुर्घटनामा परी मृत्यु हुने सबै अर्घाखाँचीका हुन् । पाणिनि गाउँपालिका वडा नं. १ पणेनाका वडा सदस्य ३७ वर्षिय विजय पोखरेल९कृष्णप्रसाद० सहित मृत्युु भएका ४ जनानै पाणिनिका हुन् । पाणिनी गाउँपालिका–१, की ५५ वर्षीया श्यामकला परियार, पाणिनीकै चालक २६ वर्षीय रमेश विक, पाणिनी २ पोखराथोककी २५ वर्षीया सीता गौतम, पोखराथोककी दुई वर्षीय संयोग गौतमको मृत्युु भएको छ ।
परियार, विक र गौतमको घटनास्थलमा साथै दुई वर्षीय संयोग र पोखरेलको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । सीता र संयोग आमा छोरा हुन् ।