राष्ट्रिय

नेपालमा कोरोना संक्रमितको संख्या ५१६ पुग्यो

[mashshare]

प्यूठान-नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौँ, धरान र हेटौँडामा गरिएको परिक्षणमा थप ९ जनामा कारोना संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा। समिरकुमार अधिकारीले जानकारी दिनुभयो । मन्त्रालयका अनुसार संक्रमित ९ जना मध्ये मकवानपुरका १ जना, भक्तपुरका १ जना, सप्तरीका १ जना र बाराका ६ जना रहेका छन् ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१६ पुगेको छ जसमध्ये ७० जना कोरोना निको भएर घर फर्किसकेका छन् । यस्तै ३ जनाको कोरोना कै कारण मृत्यु भइसकेको छ ।

यसअघि शुक्रवार मात्र ५० जना कारोना संक्रमित भेटिएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close