प्युठान । प्युठान उद्योग वाणिज्य संघले यो वर्ष पनि महोत्सव लगाउने भएको छ । आज बसेको कार्यसमिति बैठकले आगामी माघ महिनामा महोत्सव लगाउने निर्णय गरेको हो ।
माघ १९ देखि २९ गतेसम्म महोत्सव लगाउने निर्णय भएको प्युठान उद्योग वाणिज्य संघका कार्यबाहक अध्यक्ष प्रमोद पोख्रेलले जानकारी दिनुभयो ।
