प्यूठान -नेपालमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
राष्टिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ र भक्तपुर अस्पताल चितवनमा शुक्रवार गरिएको परिक्षणमा थप ३० जनामा कारोना संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिनुभयो । मन्त्रालयका अनुसार संक्रमित सवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४८७ पुगेको छ जसमध्ये ४९ जना कोरोना निको भएर घर फर्किसकेका छन् । यस्तै ३ जनाको कोरोना कै कारण मृत्यु भइसकेको छ ।
