> समाज > प्यूठानमा २ गाउँपालिका कर्मचारीसहित थप ६ जनामा कोरोना संक्रमण


प्यूठानमा २ गाउँपालिका कर्मचारीसहित थप ६ जनामा कोरोना संक्रमण

प्यूठान, ४ भाद्र । प्यूठान थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

विहिवार गरिएको परिक्षणमा झिमरुक गाउँपालिकाका २ जना कर्मचारीसहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको झिमरुक गाउँपालिका स्वास्थ्य शाखा प्रमुख विकास के सीले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य ४ जना पनि झिमरुक गाउँपालिका कै क्वारेन्टाइनमा रहेका छन् ।

गाउँपालिकाका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि कार्यालय शिल गर्ने या नगर्ने भन्ने विषयमा गाउँपालिकाको बैठक जारी रहेको स्वास्थ्य शाखा प्रमुख के सीले जानकारी दिनुभयो ।

यससँगै प्यूठानमा कोरोना संक्रमितको संख्या ४१४ पुगेको छ जसमध्ये ३४२ जना कोरोना मुक्त भएर घर फर्किसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *