> राष्ट्रिय > कोरोनाबाट मृत्यु भएकालाई परिवारका सदस्यले छुन पनि पाउँदैनन् (हेर्नुहोस् तस्विर र भिडियो सहित


कोरोनाबाट मृत्यु भएकालाई परिवारका सदस्यले छुन पनि पाउँदैनन् (हेर्नुहोस् तस्विर र भिडियो सहित

प्यूठान, १७ बैशाख ।
मंगलबार दिउँसो करीव १ बजे यापिड रेस्पोन्स टिम (आरआरटी)मा फोन आयो, क्वाडी गाउँमा एक जना व्यक्ति विदेशबाट आएको ।

आरआरटीले पिपिटीलाई खवर ग¥यो ।

पिपिटीले संक्रमित भएको गाउँमा एम्बुलेन्स पठायो ।

विदेशबाट आएका ती व्यक्तिलाई एम्बुलेन्समा राखियो ।


उनलाई नगरपालिकाले बनाएको क्वारेन्टाइनमा लगियो । सामान्य स्वास्थ्य अवस्थाको जाँच गरी उनलाई स्वास्थ्यकर्मीको निगरानीमा क्वारेन्टाईनमा राखियो ।

स्वास्थ्य समस्या देखिन थालेपछि हस्पिटल लगियो ।

उनलाई कारोना भाईरसको संक्रमण भएको पुष्टि भयो ।विरामीलाई बढी भएपछि आइसोलुसनमा राखेर उपचार गरियो ।

उपचारकै क्रममा विरामीको मृत्यु भयो । शवलाई कपडाले वेरेर प्लाष्टिकमा राखियो ।

शव रहेको क्षेत्रलाई डिस्इन्फेक्सन गरियो ।

शव बाहान मार्फत तोकिएको निश्चित दाहासंस्कार क्षेत्रमा लगियो ।

शव बाहानलाई पनि डिस्इन्फेक्सन गरियो ।

आफन्तहरु शवलाई परम्परागत रुपमा अन्त्यष्टि गर्न चाहन्थे तर कोरोना भाईरस संक्रमणका कारण परिवारजनलाई शवको नजिक समेत जान दिइएन ।

शवलाई प्लाष्टिकमा पोका पारेर खाडलमा पुरियो ।

स्वास्थ्यकर्मीले लगाएको पिपिइ, ग्लोभ्स, माक्स लगायतका सामाग्री खाडलमा पुरियो ।

सावुन पानीले हात धोइयो ।

यसरी कोरोना भाईरस संक्रमण बारे एउटा डेमोस्ट्रेशन(नमुना प्रर्दशनी) खेलमैदान विजुवारमा गरिएको छ ।

नमुना प्रदर्शनीमा उपस्थित जिल्लाका सरोकारवाला निकायका प्रमुख एवं प्रतिनिधिहरु ।

.हेर्नुहोस् छोटो भिडियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!