> राजनीति > प्यूठान नगरपालिकाका उपप्रमुख नेकपा समाजवादीमा, ९ नम्वर वडाका ३ जना सदस्यले पनि गरे सनाखत


प्यूठान नगरपालिकाका उपप्रमुख नेकपा समाजवादीमा, ९ नम्वर वडाका ३ जना सदस्यले पनि गरे सनाखत

प्यूठान, २१ भदौ । नेकपा एमालेबाट अलग भएर गठन भएको नेकपा एकीकृत समाजवादीमा प्यूठानका जनप्रतिनिधि पनि समावेश भएका छन् ।

 

सोमबार प्यूठान नगरपालिकाका उपप्रमुख सहित ४ जनाले सनाखत गरि नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् ।

 

 

नगरपालिकाका उपप्रमुख शान्ता आचार्य सहित वडा नम्वर ९ का तीन जना सदस्यले सनाखत गरेको नेकपा एकीकृत समाजवादी प्यूठानका सचिव दिपेन्द्र केसीले जानकारी दिनुभयो ।

 

प्यूठान नगरपालिका वडा नम्वर ९ का वडा सदस्य निम बहादुर घर्तिमगर, राजेन्द्र केसी र चित्रकली नगरकोटीले निर्वाचन कार्यालय प्यूठानमा पुगेर सनाखत गर्नुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *