> राष्ट्रिय > एकैपटकमा थपिए ५३ कोरोना संक्रमित


एकैपटकमा थपिए ५३ कोरोना संक्रमित

प्यूठान । नेपालमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमवार गरिएको परीक्षणमा ५३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवत्ता विकास देवकोटाले जानकारी दिनुभयो ।
स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमित ५३ जना मध्ये ४७ जना बाकेका,मोरङ, गुल्मी, धनुषा, रौतहट, दाङ र धादिङका १/१ जना रहेका र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

सोमवार विहान मात्रै ९ जनामा कोरोना संक्रमण देखिएको थियो ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३५७ पुगेको छ । जसमध्ये हालसम्म ३६ जना निको भएका छन्। त्यस्तै सिन्धुपाल्चोकमा र बाँकेमा गरी दुई जनाको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *