प्यूठान । लायन्स क्लव अफ प्यूठानले पहिरो पीडितलाई राहत पुर्याउन थालेको छ । पहिरोले घरबार विहिन भएका परिवारलाई तत्काल आवश्य पर्ने राहत सामाग्री उपलब्ध गराउन थालिएको लायन्स क्लव अफ प्यूठानका सदस्य कमल श्रेष्ठले बताउनुभयो ।
आज प्यूठान नगरपालिका वडा नं. ४ का २ घरलाई राहत वितरण गरिएको उहाँले जानकारी दिनुभयो । माण्डवी गाउँपालिका वडा नम्वर २ स्थित धनचौरका ११ परिवारलाई राहत पुर्याउन गएपनि बाटो अवरुद्ध हुँदा फर्किएको उहाँले बताउनुभयो ।
भोलि उक्त राहत सामाग्री लगेर जाने योजना रहेको श्रेष्ठले बताउनुभयो । राहत सामाग्रीमा कम्मल, चामल, दाल, तेल, चिउरा, नुन लगायत रहेका छन् ।