> राष्ट्रिय > कोरोना भाइरसवाट नेपालमा एक जनाको मृत्यु


कोरोना भाइरसवाट नेपालमा एक जनाको मृत्यु

प्यूठान, ३ जेष्ठ ।  कोरोना भाइरस (कोभिड-१९)वाट एक नेपालीको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिन्धुपाल्चोक निवासी २९ वर्षिय महिलाको कोभिड-१९ बाट मृत्यु भएको पुष्टि गरेको हो ।

उहाँ वैशाख २३ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभएको २४ गते नर्मल डेलिभरी भएको र २५ गते डिस्चार्ज भई सिन्धुपाल्चोक फर्किनुभएको थियो । स्वास्थ्यमा पुन समस्या आएपछि उहाँलाइ थप उपचारका लागि धुलिखेल अस्पतालमा लिदै गर्दा मृत्यु भएको थियो । मृत्युपछि उहाँको स्वाव संकलन गरि परिक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना भाइरस कोभिड-१९ वाट मृत्यु हुने यो पहिलो घटना हो ।

थप २ जनामा कोरोना संकमण भेटिएसँगै नेपालमा कोरोना नेपालमा कारोना संक्रमितको संख्या २८१ पुगेको छ जसमध्ये १ जनाको मृत्यु भएको छ भने ३६ जना कोरोना मुक्त भएर घर फर्किसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *