> राजनीति > पार्टीलाई सुधार गर्न आवस्यक छ : काङ्ग्रेस नेता शर्मा


पार्टीलाई सुधार गर्न आवस्यक छ : काङ्ग्रेस नेता शर्मा

प्युठान । नेपाली काङ्ग्रेसका नेता डा. सुनिल शर्माले पार्टीलाई सुधार गर्नुपर्ने आवश्यकता रहेको भन्दै त्यसको लागि निरन्तर संघर्ष गरिरहेको बताउनुभएको छ । बिपीको पार्टीमा रहेको आदर्श अहिले हराएको भन्दै सबैले स्वीकार गर्ने पार्टी बनाउनुपर्ने उहाँको भनाई छ ।

“आफ्नै पार्टीको किन बिरोध गरेको भन्नुभएको होला,” उहाँले भन्नुभयो,”पार्टी सुधार गर्न खबरदारी गरिएको हो ।” पार्टीलाई सुधार गर्न आफुले निरन्तर पहल गर्दै आएको उहाँको भनाई छ ।

प्रेस युनियन प्युठानले जुम्रीमा आयोजना गरेको पत्रकार भेटघाटमा राजनीतिक नेतृत्व जिम्मेवार नहुदा देशमा बेथिति बढेको बताउनुभयो । नेतृत्व सत्तामा मात्र केन्द्रित हुँदा मुलुकमा बेथिति ब्याप्त भएको उहाँको आरोप छ । एनसेल काण्ड, सुन काण्ड जस्ता घटनाको उदाहरण दिदै नेता शर्माले सरकारले निकास दिन नसकेको आरोप लगाउनुभयो ।

मुलुकका दुर दराजको बिकास हुन नसकेको भन्दै त्यसमा राज्यले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले मुलुकको पछिल्लो अवस्थादेखि जनतामा निराशा उत्पन्न गराएको बताउनुभएको छ । प्युठानको सडक र अस्पतालको सुधारका बिषयमा आफुले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *