प्युठान । लुम्बिनी प्रदेश सरकारले निजामती सेवा ऐन २०८० मा अपांगता भएका ब्यक्तिको लागि ३% कोटा ब्यबस्था गरिएकोमा ५% कायम गर्न माग गर्दै संसद सचिवालय गेटमा रिले अनशन गरिएको छ ।
राष्ट्रिय अपांग महासंघ नेपाल लुम्बिनी प्रदेश समितिले उक्त विषयमा साउन ४ र भदौ १८ गते प्रदेश सरकारको ध्यानाकर्षण गराएपनि सम्बोधन नभएपछि रिले अनशनमा बसेको सचिवालय सदस्य जुमान सिंह केसीले बताउनुभयो । प्रदेस सचिब सन्तोष पन्थीको नेतृत्वमा बसेको रिले अनशनमा अपांगता अधिकारकर्मी, मानव अधिकारकर्मी, नागरिक समाजका अगुवा, अपांगता भएका व्यक्तिहरु, अभिभावक, तथा सरोकारवाला संघसंस्था तथा व्यक्तिहरुको सहभागिता रहेको छ ।
आन्दोलनमा ऐक्यबद्धता जनाउन राष्ट्रिय अपांग महासंघ नेपालका केन्द्रीय सदस्य साबित्रा घिमिरे, नेत्र सापकोटा अनशन स्थलमा पुग्नुभएको छ । प्रदेश सभा चलिरहेको र माग नसमेटी ऐन पारित भएमा भोलि बैठक बसेर थप आन्दोलनका योजना बनाईने केसीले जानकारी दिनुभयो ।
