> राष्ट्रिय > राहादानीको अन्लाईन फाराम अब निःशुल्क भरिने


राहादानीको अन्लाईन फाराम अब निःशुल्क भरिने

सुजल श्रेष्ठ
प्युठान । अनलाईन मार्फत राहादानी फाराम भर्न सास्ती भएपछि जिल्ला प्रशासन कार्यालय प्युठानले आफै निःशुल्क फाराम भर्ने भएको छ ।

सेवाग्राहीबाट गुनासो आएपछि प्रशासनले राहदानी शाखाबाट निःशुल्क रुपमा फाराम भर्ने निणर्य गरेको हो ।


प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले भोलिदेखि निःशुल्क रुपमा फाराम भरिने जानकारी दिनुभयो । उहाँले दैनिक रुपमा कार्यालय समयभित्र फाराम भरिने बताउनुभयो । कार्यालय भित्र रहेको जनशक्तिलाई व्यवस्थापन गरि काम गर्न लागिएको उहाँको भनाई छ ।

 

यसअघि बाहिर फाराम भर्दा त्रुटी हुने गरेकोले समस्या हुँदै आएको समेत प्रजिअ नेपालले बताउनुभयो । अनलाईन फाराम भर्नका लागि प्रशासनले तीन सय रुपियाँ शुल्क तोकिदिएको थियो । प्रशासनले निःशुल्क रुपमा फाराम भरेपनि व्यक्ति आफैले फाराम भर्न सक्ने प्रशासनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *