प्युठान । प्युठानमा चैत १५ गतेदेखि पुनः कोरोना बिरुद्धको खोप अभियान संचालन हुन लागेको छ । जिल्लाभर ४१ हजार ७०० मात्रा खोप लगाउने योजना रहेको स्वास्थ्य कार्यालय प्युठानले जनाएको छ ।
पहिलो मात्रा खोप लगाएका, पुरा मात्रा खोप लगाएकालाई बुस्टर र बुस्टर लगाएकालाई थप बुस्टर दिने योजना रहेको कोल्ड चेन अधिकृत कौशलराज बैधले जानकारी दिनुभयो । नियमित खोप चल्ने सबै खोप केन्द्रबाट खोप सेवा दिइने उहाँको भनाई छ ।
हेर्नुस जिल्लामा हालसम्म लगाएको खोपको अवस्था