प्यूठान, २४ असोज । प्यूठान सदरमुकाम खलंगा बजार क्षेत्रमा आज शनिवार सरसफाई गरिएको छ । प्रमुख जिल्ला अधिकारी खिमराज भुसालको नेतृत्वमा सरसफाई गरिएको हो ।
सरसफाई सचेतना अभिबृद्धिका लागि गरिएको कार्यक्रममा प्रहरी नायव उपरिक्षक सहित नेपाल प्रहरी र ससस्त्र प्रहरी, मल्लरानी गाउँपालिकाका वडा अध्यक्ष कुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
सरसफाई कार्यक्रमलाई आगामी शनिवार पनि निरन्तरता दिने प्रजिअ भुसालले जानकारी दिनुभयो । क्रमशः बाग्दुला, विजुवार क्षेत्रमा सरसफाई अभियान संचालन गरिने उहाँको भनाई छ ।