प्यूठान । झिमरुक खोलाले बगाएर एक जनाको ज्यान गएको छ । गौमुखी गाउँपालिका-४ वाग्लिवाङ स्थायी घर भइ प्यूठान नगरपालिका-४ बिजुवारमा डेरा गरि बस्ने ४२ वर्षीय राजेश सुनारको ज्यान गएको हो ।
ऐरावती गाउँपालिका-५ पकला छर्रा स्थित झिमरुक खोलामा डुबेको अवस्थामा उनको शव भेटिएको हो ।
बिजुवार गणतान्त्रिक खेल मैदान नजिक खोला किनारमा उनले प्रयोग गर्दै आएको लु १२ प ८३०० नम्बरको बजाज डिस्कभर मोटरसाइकल, चप्पल र मोवाइल भेटिएको प्रहरीले जनाएको छ ।
हिजो बेलुकादेखि मृत्तक सुनार डेराबाट सम्पर्क बिहिन भएका थिए । घटनाको कारण खुल्न सकेको छैन । उनी श्रीमती, तीन छोरी सहित विजुवार बस्दै आएका थिए ।







